८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

हर्क साम्पाङ भन्छन्- चुप लाग्दा मलाई प्रहार गरे, हेरौँ कसले जित्छ !

प्रकाश चाम्लिङ
 बिहिबार, साउन १९ २०७९  

सुनसरी । धरान उपमहानगरपालिकाको कार्यालयमा आइतबार बराह बचत तथा सहकारीबाट पीडित भएकाहरुले घेराउ गरे । आफुहरुको पैसा खाएको भन्दै सहकारीका सञ्चालकको सम्पत्ति रोक्का लगायत माग गर्न पुगेका उनीहरुले नगरपालिका कार्यालय घेराउ मात्रै गरेनन् तोडफोड र गालीगलौज समेत गरे ।

मेयर हर्क साम्पाङका अनुसार पीडीतहरुको समस्या समाधान गर्ने प्रयास हुँदा हुँदै पनि आफुले नराम्रो वचन लगाएको भन्दै सहकारी पीडित संघर्ष समितिका नेतृत्व खगेन्द्र नेपाली र प्रदीप बास्तोलाले पीडितहरूलाई उच्काएर कार्यालयमा भीड लिएर हुलदंगा मच्याएका थिए । सार्वजनिक शान्ति सुरक्षाको माग गर्दै मेयर साम्पाङले प्रहरीमा दुईजनाविरुद्ध उजुरी समेत दिए । प्रहरीले हिजोमात्रै बास्तोलालाई पक्राउ गरेको छ ।

उनीहरुले आफूलाई काम गर्न नदिएको, होहल्ला गरी कार्यालय सञ्चालनमा बाधा पुर्याइएको, कार्यालयमा आएर गालीगलौज र तोडफोड गर्ने गरेको, कर्मचारीहरुको ल्यापटप, टेबलमा हिर्काउने ठटाउने गरेको मेयर साम्पाङको भनाई छ । आफ्नो कार्यालयको सिसा फुटाइएको, आफूमाथि हमला गरेको, धरान नगर सरकारको मानहानी गरेको उनले बताएका छन् । उपमेयर अइन्द्रबिक्रम बेघाले पनि पीडितलाई न्याय पाउने गरी नै काम अघि बढाइरहेको समयमा पीडितहरु नाराबाजी र तथा गालीगलौजमा उत्रिएकोले समस्या जटिल बनेको बताएका छन् ।

‘साइबर अपराधी’ले हैरान !
सामाजिक सञ्जालमा पछिल्लो केही दिनदेखि मेयर साम्पाङ र गत चुनावमा एमालेबाट मेयरका प्रत्यासी मञ्जु भण्डरीबीचको विवादलाई लिएर विभिन्न गाली गलौज, सामाजिक सद्भाव भाँड्ने प्रकारका स्टाटस पोस्ट भएको पाइएको छ । मेयर साम्पाङ र नेतृ भण्डरीबीचको विवादमा एकाएक ‘साइबर अपराधी’ घुसेको पाइएको हो । तर, नेतृ भण्डारीको फेसबुकबाट सेयर भएको पोष्टमाथि प्रश्न उठेको छ । सो ‘पोष्ट फेक हो कि असली हो ?’ भन्ने बारे भने सम्बन्धित निकायले नै अनुसन्धान गरेपछि थाहा पाइने छ ।

फेसबुकमा एमाले नेतृ भण्डारीको तस्बिर राखेर त्यसैको माध्यमबाट मेयर साम्पाङलाई गाली गरेको र जातीय सामाजिक सद्भाव भड्काउने खालका स्टाटस पोस्ट भएको पाइएको छ । फेसबुकमा पूर्वउपमेयर भण्डारीका नामबाट जातीय भेदभावसहित धरानलाई भाँड्ने प्रकारको स्टाटस पोस्ट भएको उक्त सामग्रही सामाजिक सञ्जालमा अहिले भाइरल भएको देख्न सकिन्छ । त्यस्तै, मेयर साम्पाङको नामबाट पनि ‘साइबर अपराधी’ले फेक आइडी बनाइएको पाइएको छ ।

मेयर साम्पाङले बराह बचतको विषयलाई लिएर एमाले कार्यकर्ताले पीडितलाई उचालेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । साम्पाङको जवाफमा पूर्वउपमेयर भण्डारीका नामबाट फेसबुकमा आएको अभिव्यक्तिलाई लिएर साम्पाङले धरानलाई भाँड्न खोजे पनि धरानको सामाजिक एकता नभाँडिने भन्दै नेतृ भण्डारीको नामको पोष्टलाई सेयर गरेका थिए । त्यस्तै फेसबुक मेसेन्जरमा धरान एमालेको नामको च्याट ग्रुपमा समाज भड्काउने खालको कुराकानी भएको उक्त सामगी अहिले भाइरल छ । सार्वजनिक उक्त च्याट ग्रुपमा नेतृ भण्डारीको नामको आइडीले समेत च्याट गरेको देख्न सकिन्छ ।

धरान एमाले नेतृ भण्डारीले भने आफ्नो फेसबुक आइडी ह्याक भएको बताएकी छन् । आफ्नो आइडी प्रयोग गरेर जातीय सदभाव भड्किने अभिव्यक्ति दिने व्यक्ति पत्ता लगाएर कानूनी कारवारी गर्न पनि उनले माग समेत गरेकी छन् । स्काई नेपाल न्युजसँगको कुराकानीमा उनले मेयर साम्पाङले आफ्नो फेसबुक आइडी दुरपयोग गरेको आरोप लगाएकी छन् ।

‘हर्कजीले मेरो आइडी दुरुपयोग भएको पहिलोपटक कहाँबाट भेट्नु भयो त ?, ‘हर्क साम्पाङ अ रभुलुशन’ले सेयर गर्नका लागि त्यो सामग्री कहीँ न कहीँ त उत्पादन भयो नि त ।’ उनले भनिन्- ‘त्यस्तो जातीय विभेद फैलाउने र समाजलाई उत्तेजित गराउने गरी राखिएको छ । अहिले एउटा एप पाउँदो रहेछ त्यसमा सेयर कमेन्ट जति जसको पनि फेक राख्न मिल्ने रहेछ ।’ यसबारे नेतृ भण्डारीले धरानमा आज पत्रकार सम्मेलन पनि गरेका थिए । उनले मेयर साम्पाङका समर्थकले धरानमा सामाजि सद्भाव भड्काउन प्रेरित गरेको आरोप लगाएकी छन् । धरानमा आज सम्म यस्तो घट्ना कहिले नभएको भन्दै उनले मेयर साम्पाङलाई आफु कुन ठाउँमा रहेको भन्ने कृुरा पनि हेक्का राख्न सुझाईन् ।

‘अहिले वाहाँले सबै समुदायको अभिभाव हो । वाहाँले के र के नबोल्ने भन्ने कुरा ख्याल गर्नु पर्ने भन्ने कुरा ध्यान दिनुपर्छ । सामाजिक सञ्जालमा सेयर गर्दा पनि मैले के सेयर गर्नु पर्छ ? के नगर्ने ? हेक्का राख्नुपर्छ होला नि ? नगरप्रमुख जस्तोले । नगरमा जातीय विभेद फैलने खालको सेयर गर्ने कि नगर्ने ?’, उनले प्रश्न गरिन्- ‘कम्तिामा मलाई एक कल फोन गर्दा वहाँले हुन्थ्यो मेरो नम्बर थियो होला नि वहासँग । तपाईको आइडीबाट के भएछ भनेर वहाँले मलाई भन्नु सक्नु हुन्थ्यो नि त होईन ?’ उनले मेयर साम्पाङविरुद्ध केन्द्रीय साईबर ब्युरोमै मुद्धा दर्ता गराएको बताइन् । ‘मैले मेयर हर्क साम्पाङको विरुद्ध साईबर क्राईमको उजुरी दर्ता गराएकी छु । व्यक्तिलाई र पार्टीलाई तोकेर अपराधिक गतिविधि गर्नेहरुलाई छोड्ने नहुने पनि उनले बताइन् ।

मेयर साम्पाङले भने फेक आइडीले हैरान बनाएको, यस्तो कार्यले समाजमा द्धन्द्ध बढाउने र असझदारी हुने भन्दै यसो नगर्न अनुरोध गरेका छन् । ‘फेक आईडी’ले हैरान बनाएको, फेक आइडी खोलेर नचालाउन र यस्तो आइडीबाट सचेत हुनसमेत उनले आग्रह गरेका हुन् । आफ्नो फेसबुक सामाजिक सञ्जाल ‘हर्क साम्पाङ अ रभुलुशन’मार्फत मेयर साम्पाङले भनेका छन्- ‘यो फेक आइडी खोलेर हैरान बनायो ! साह्रै द्धन्द्ध बढायो ! कृपया यसो नगरौँ ! असझदारी ज्यादा भयो !’ त्यस्तै उनले लगत्तै अर्को स्टाटस पनि लेखेका छन्-‘सम्पूर्णमा मेरो अनुरोध फेक आइडी खोलेर नचालाऔँ !’

त्यस्तै उनले एमालेप्रति लक्षित गर्दै एकजना खराब व्यक्तिको कारण पार्टी नै सकिँदै गरेको भन्दै उनले राजनीतिक गर्नेहरुप्रति प्रश्न गरेका छन् । ‘एउटा खराब व्यत्तिको कारण पार्टी नै सकिंदै गरेको थाहा नपाउनेहरुले के राजनीति गर्नु बेकारमा !’, उनले अर्को स्टाटसपनि लेखेका छन्- ‘म चुपो लाग्दा मलाई प्रहार गरे ! अब म पनि साईबर क्राईमको मुद्दा लगानु पर्यो मञ्जु मेडमको विरुद्ध धन्यवाद’, उनले भनेका छन्- ‘ अब मुद्दा हाल्ने पालो मेरो ! हेरौँ को जित्दो रैछ ! जय धरान !’

 

प्रतिक्रिया सबै