८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

हटाए हटाइयोस् हामी राजीनामा गर्दैनौं : रामसरोज यादव

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुले राजीनामा दिने अपेक्षा गरेका थिए । तर, केन्द्रको समीकरण फेरिए पनि मधेस प्रदेशका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरु आफै राजीनामा नदिने पक्षमा पुगेका छन् ।

यादवले भने,‘हामी राजीनामा गर्दैनौं, मुख्यमन्त्रीले हटाए हटाउनुहोस्’, ‘हामी किन राजीनामा दिने ?’ मधेस प्रदेश सरकारमा कांग्रेसका ३, माओवादी केन्द्रका राज्यमन्त्रीसहित २ र नेकपा एकीकृत समाजवादीका १ गरी ६ जना मन्त्री छन् ।

यता जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले भने शुक्रबार दिनभरमा पनि कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले साँझ नै बर्खास्त गर्ने तयारी गरेको बताए ।

 

प्रतिक्रिया सबै