८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी चयन

 मङ्लबार, भदौ ७ २०७९  

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिपछिका पदाधिकारी चयन गरेको छ । पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह-महामन्त्री र बसुमाया तामाङलाई सह-कोषाध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । त्यस्तै, उम्मेदवार घोषणा गरेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

बेथितिविरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ ।

यो पनि

संघीयता खारेज होइन, सुधार गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव : प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेशसभा खारेज

प्रतिक्रिया सबै