८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

‘सलाम हर्क साम्पाङ’ सार्वजनिक (भिडियो)

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाममा नयाँ गीत सार्वजनिक भएको छ । ‘सलाम हर्क साम्पाङ’ बोल रहेको उक्त गीत लोकप्रिय गायक राजेशपायल राई र गायिका सशी किरातीले गाएका छन् ।

हालै सार्वजनिक गरिएको गीत आलोक चाम्लिङ राईले लेखेका हुन् भने संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । राजु कार्कीको मिक्स मास्टरमा बनेको उक्त गीतमा दिपा तामाङ, मनमा बि. राई, सुरेश राई र मनोजले कोरश आवाज दिएका छन् । गायक राजेश पायलले यसअघि पनि हर्क हर्कको नाममा निर्माण भएको ‘पाए हर्क साम्पाङ’ गीतमा आवाज दिएका थिए ।

हेर्नूहोस् गीत

निरन्तर अभियानमा हर्कराज
स्वतन्त्र उम्मेदवारीबाट धरानको प्रमुख पदमा विजयी बनेपछि चर्चामा रहेका हर्कराज यतिबेला श्रम-संस्कृति अभियान, वृक्षारोपन, लागुऔषध दुर्व्यशनीविरुद्ध जनचेतना , ट्राफिक जनचेतना जस्ता कार्यक्रममा निरन्तर लागि रहेका छन् ।

१० बर्ष अघिदेखि भ्रष्टचार, बेथिती सीमा अतिक्रमणविरुद्ध, जनताको जनजीविकाको सानो-सानो विषयमा आवाज उठाउँदै एक्लो हिडेका उनलाई धराने मतदाताले स्थानीय तहको प्रमुख पदका लागि विजयी गराएपछि उनको चर्चा चुलिएको थियो ।

उनले धरानस्थित पकुवा खोलाबाट सर्वसाधरणलाई पानिका लागि श्रमदानमा जुटाएर पानी ल्याउन सफल भए । धरानको सर्दु खोलाबाट पम्पिङ गरेर पानी तान्दा मात्रै मासिक ३० लाखसम्म बिजुलीको बिल उठ्ने गरेको र वार्षिक खर्च करोडौं हुने गरेको थियो । त्यही खर्चलाई घटाउनका लागि पकुवा खोला तथा अन्य धेरै खोल्सीको पानी जम्मा गर्ने आफ्नो योजनामा निरन्तर हर्कराज लागिरहेका छन् ।

पछिल्लो समय आफ्नो अभिव्यक्ति र स्टाटसका कारण चर्चामा आइरहने मेयर हर्कराजले विजयी बन्दै गर्दा जनताको सेवक भएकाले गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाईकल चढेर जनताको सेवा गर्ने बताएका थिए । मेयर चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, हर्कराज सरकारी गाडी चढ्दैनन् । मेयरलाई भनेर किनिएको (स्कोर्पियो गाडी) बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न बताएका थिए । अहिले उनले भने जस्तो आफ्नो पुरानो मोटरसाईकलमा चढेर काम गर्ने गर्छन् भने त कहिले साईकल चढ्ने गरेका छन् ।

यस्तै, मेयर साम्पाङको योजनामा धरानबासीकै जनश्रमदानले सर्दुखोलाको पानीबाट प्रोटोटाइप हाइड्रो विजुली समेत उत्पादन गरिएको छ । धरानस्थित सर्दुखोलामा सयौँ धराने जनतामाझ केहि हप्ताअघि मात्रै मेयर साम्पाङले उक्त बिजुलीको रिवन काटेर उद्घाटन गरेका थिए ।

अहिले निशाने खोला र सर्दु दोभानमा २ लाख १० हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरेर त्यहाँबाट पाइप विस्तार गरेर धरान १० र ११ को सिमामा पर्ने स्वस्तिका चोकको खानेपानी ट्यांकीमा झार्ने योजनाअनुसार मेयर साम्पाङ कहिले ढुँगा बोक्न व्यस्त देखिन्छन् त कहिले पाइप तान्नमै व्यस्त देखिन्छन् ।

प्रमुख साम्पाङका अनुसार विद्युत् र जेनेरेटर अवरुद्ध भएको अवस्थामा उक्त ट्यांकीमा पानी झार्न नसकिने भएकाले सर्दु जलाधारको पानी एकीकृत गरेर सुख्खायाममा पनि धरानका १०, ११, १२, १७, १८ र १९ वडाका खानेपानी उपभोक्ताका लागि वितरण गर्ने योजनाअनुसार काम भइरहेको छ ।

निशाने खोला र सर्दुको पानी १० इन्चे पाइपलाइनमार्फत धरान-१३ ओशोपार्कसम्म ल्याइसकिएको छ । अब स्वस्तिका चोकसम्म पुर्‍याउने उनको योजना छ । निशाने र सर्दुखोलामा भएको खर्च बाहेक हालसम्म खानेपानीको पाइपलाइन विस्तारका लागि विभिन्न दाताबाट ७१ लाख रुपैयाँ संकलन भइसकेको उनको भनाई छ । उक्त रकमले पाइप खरिद गरेर धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भइसकेको छ ।

यो पनि

हर्क साम्पाङको स्थान फेरिएको हो, विचार फेरिएको होईन !

हर्क साम्पाङले एक सय दिनमा के-के काम गरे ?

खुशि व्यक्त गर्दै मेयर हर्कराज भन्छन्- ‘यस्तो इतिहासमा कहिल्यै भएको थिएन’

मलाई पनि ‘हर्क साम्पाङ’ बन्ने रहर छ !

मेयरका लागि किनिएको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने घोषणा

हर्क साम्पाङले हुर्काएको श्रम-संस्कृतिको दुश्मन एमाले : भुपाल राई

काठमाडौंमा फोहोर देखेपछि हर्क साम्पाङले भने- प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ !

हर्क साम्पाङ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

हर्क साम्पाङको प्रशंसा गर्दै सांसद किरातीले भने : धरानबाट शुरु श्रम-संस्कृतिको अनुसरण गरौं

धरानमै बिजुली उत्पादन गर्ने हर्क साम्पाङको योजना सफल

प्रतिक्रिया सबै