८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

खुशि व्यक्त गर्दै मेयर हर्कराज भन्छन्- ‘यस्तो इतिहासमा कहिल्यै भएको थिएन’

 शनिबार, असार २५ २०७९  

काठमाडौं । धरानस्थित पकुवा खोलामा यतिबेला सयौँ सर्वसाधरण पानिका लागि श्रमदानमा जुटेका छन् । वडा-२० स्थित पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको हो ।

४ सातादेखि सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै श्रमदानमा जुट्ने गरेका छन् । धरानको वडा नम्बर ११ मा देखिने पानी अभाव टार्न सकिने सर्वसाधारणको विश्वास छ ।

मेयर हर्कराज आफैँ पाइप तान्न भीरमा पुगेका दृश्य अहिले सामाजिक सञ्जालमा तस्विर भाइरल भइरहेको छ । उनीसँगै सर्वसाधारणहरुले काम गरिरहेको दृश्य देख्न सकिन्छ । हालसम्मको श्रमदानबाट मुहानमा सानो २ वटा ट्याङ्की निर्माण भएको छ । झण्डै डेढ किलोमिटरसम्म पाइप टाँगिएको छ ।

खुशि व्यक्त गर्दै मेयर हर्कराजले भनेका छन्, ‘मैले जनतालाई विकाससँग जोड्न सकेजस्तो लाग्छ । यो काम हरेक जनतालाई मेरो आफ्नो पनि हो भन्ने लागेको छ । यस्तो इतिहासमा कहिल्यै पनि भएको थिएन ।’

धरानको सर्दु खोलाबाट पम्पिङ गरेर पानी तान्दा मात्रै मासिक ३० लाखसम्म बिजुलीको बिल उठ्ने गरेको र वार्षिक खर्च करोडौं हुने गरेको छ । त्यही खर्चलाई घटाउनका लागि पकुवा खोला तथा अन्य धेरै खोल्सीको पानी जम्मा गर्ने आफ्नो योजना रहेको मेयर हर्कराजको भनाई छ ।

 

प्रतिक्रिया सबै