१४ बैशाख २०८१, शुक्रबार Friday 26 April, 2024

सर्लाहीका मतदान अधिकृत बर्खास्त

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको छ । उनी मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका परेका थिए । उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।

साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । विवादका कारण मतदान अवरूद्ध भएको थियो ।

सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको थियो ।

बैठकमा भएको सहमति अनुसार सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर मतदान सुरू गराइएको निर्वाचन अधिकृत यादवले बताए ।

प्रतिक्रिया सबै