११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

स्थानीय तह निवार्चन : मतदान अवधि सकियो, कुन स्थानीय तहको अवस्था कस्तो छ ?

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । संघीय गणतन्त्र नेपालको स्थापनापछि आज देशभर दोस्रोपटक भएको स्थानीय तह निर्वाचनको निर्धारित समय सकिएको छ । स्थानीय तहमा नयाँ नेतृत्व चुन्नका लागि आज विहान ७ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म मतदाका लागि समय निर्धारण गरिएको थियो ।

देशभर भएको मतदानका क्रममा कतिपय स्थानमा भने केहि विवादपछि झडप हुँदा मतदान रोकिएको छ । विवादपछि रोकिएको मतदानस्थलमा भने सुचारी भइरहेको र केहि स्थानमा सुचारु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । केही स्थानीय तहमा भीषण हावा, हुरीसहित पानी परेको छ । सुर्खेत र दाङमा हावाहुरीको कारण मतदान प्रक्रिया नै रोकिएको आयोगले जनाएको छ ।

गठबन्धन र एमाले तथा गठबन्धनबीचकै दलहरूबिच विवाद हुँदा ठाउँ-ठाउँमा असहज स्थिति देखिएको थियो । तर मानवीय क्षतिसम्मको अवस्था भने आएन । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । बाजुराको बुढीनन्दा गाउँपालिकाका दुई वटा मतदान स्थलमा ५ राउन्ड हवाई फायर भएको सुदूरपश्चिम प्रहरी प्रवक्ता भोलाबहादुर रावलले बताए ।

विवादपछि दुवै मतदान स्थलमा मतदान रोकिएको छ । यसै गरी बुढीगंगा गाउँपालिकाको एउटा मतदान स्थलमा दुई राउन्ड हवाई फायर भएको थियो । त्यस ठाउँमा पनि मतदान रोकिएको थियो । बझाङको जय पृथ्वी नगरपालिकाको सुगाड मतदान केन्द्रमा पनि ३ राउन्ड हवाई फायर भएको एसएसपी रावलले बताए ।

त्यस्तै, कर्णाली प्रदेशका चार जिल्लाका-५ मतदान केन्द्रमा मतदान रोकिएको थियो । कालिकोटको रास्कोट गाउँपालिका, जुम्लाको गुटिचौर गाउँपालिका, हुम्लाको चंखेनी गाउँपालिका र खार्पुनाथ गाउँपालिका तथा सुर्खेतको सिम्टा गाउँपालिकाका एक एक मतदान केन्द्रमा विवादपछि मतदान रोकिएको थियो ।

बागमती प्रदेशअन्तर्गत काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोडसम्मको अवस्था बन्यो । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको थियो ।

प्रदेश-१ अन्तर्गत धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका(१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा विवादका कारण मतदान रोकिएको थियो । प्रदेश-२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका-२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रबिन पोखरेलका अनुसरा प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि जनाउँदै ढुंगा मुढा गरेपछि मतदान रोकिएको थियो ।

एक पटक रोकिएर पुन सुचारु हुन खोजेको मतदान प्रभावित बनेपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ । महोत्तरीको बलुवा-५ मा पनि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । वडाध्यक्षका उम्मेदवार मतदाताको नाम रुजु गर्नभन्दै मतदान केन्द्रबीच प्रवेश गरेपछि उनीमाथि हात पात भएर विवाद सुरु भएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता धेरै स्थानमा विवाद हुने, मतदान रोकिने र छलफलपछि फेरी मतदान सुरु हुने अवस्था भएको बताए। झडपमा केही ठाउँमा घाइते भए पनि अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ ।

 

फोटो :अनलाईनबरबाट साभार गरिएको हो ।

 

 

प्रतिक्रिया सबै