११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

मोरङको विराटनगर महानगरको मतगणना सुरु

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। भर्खरै सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु भएको हो।

वडा नम्बर १, २, १६, १७, १८ र १९ बाट गणना सुरु गरिएको हो। एकसाथ धेरै ठाउँमा मतगणना भइरहेको छ।

अन्य पाँच महानगरमा मतगणना ढिला भइराखेको अवस्थामा विराटनगरमा सुरु भएको हो। काठमाडौं र भरतपुर महानगरमा केहीबेरमै मतगणना सुरु हुँदैछ। ललितपुरमा भने बिहान ११ बजेदेखि मात्र मतगणना सुरु हुनेछ।

प्रतिक्रिया सबै