११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

रसुवाको उत्तरगया-१ मा एमालेको प्यानल नै विजयी

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौँ। रसुवाको उत्तरगया गाउँपालिका–१ को मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

नेकपा एमालेका मारसिङ तामाङले ५६० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याए।

यस्तै सदस्यहरूमा सन्च घले, बुटि तामाङ र ज्ञानु विक विजयी भएका छन्।

 

प्रतिक्रिया सबै