११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

देउवाकै वडामा कांग्रेस पराजित

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ ।

देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ मा कांग्रेसले पराजित व्यहोर्नु परेको हो ।

देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन् ।

उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका छन् । उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो ।

कांग्रेसबाट निष्कासित मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा देउवा नेतृत्वको काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा बीपी कांग्रेसले नेकपा एमालेसँग तालमेल पनि गरेको छ । देउवालाई मल्लले चुनौती दिएपछि उनी निर्वाचनअघि डडेल्धुरा नै गएर बसेका थिए ।

क्रियाशील सदस्यता वितरणदेखि असन्तुष्ट कांग्रेस डडेल्धुराका पूर्व सभापति मल्लले स्थानीय तह चुनावमा कांग्रेसमा विद्रोह गर्दै एमालेसँग तालमेल गरेका छन् । त्यसपछि कांग्रेसले केही दिनअगाडि मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो ।

प्रतिक्रिया सबै