११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ९ राउन्ड हवाइ फायर

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा शिल भाँचिएको विषयमा विवाद हुँदा झडप भएको थियो । मतपेटिका सुरक्षित गर्न र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको जनाएको छ ।

बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझाले अहिले पनि प्रहरीमाथि ढुंगामुढा भइरहेको छ, मत पेटिकाहरुको सुरक्षा गरिरहेका बताए । विवादले उग्ररूप लिएपछि प्रहरीले ९ राउन्ड हवाइ फायर गरेको थियो ।

 

प्रतिक्रिया सबै