१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

बालेन र सुनितालाई पपुलर मत

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहका कारण चर्चामा रहेको यस महानगरको जारी मतगणनामा बालेनले नै आग्रता कामय गरेका छन् ।

बालेनले ४०२ मत ल्याउँदै अग्रता बनाएका छन् । सहायक निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार वडा नम्बर एकको ५ सय मत, वडा नम्बर ३२ को ५ सय मत तथा वडा नम्बर २ को १८० मत गन्दा साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका हुन् ।

त्यस्तै, काँग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् । राप्रपाले ५३ मत ल्याउँदा विवेकशील साझा ३५ मतमा सीमित बनेको छ ।

सुनितालाई लोकप्रिया मत
काठमाडौं महानगरको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छन् । सहायक निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार वडा नम्बर एकको ५ सय मत, वडा नम्बर ३२ को ५ सय मत तथा वडा नम्बर २ को १८० मत गन्दा डंगोलकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । तयस्तै राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझा भने ३५ मतमा सीमित बनेको छ ।

 

प्रतिक्रिया सबै