११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

मुस्ताङको ४ पालिकामा एमाले, एकमा कांग्रेस विजयी

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौं । मुस्ताङ जिल्लाको मत गणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ ।

लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङ गाउँपालिकामा कांग्रेसले जितेको छ ।

यस्तै, एमालेले थासाङ र घरपझोङमा उपाध्यक्ष पनि गुमाएको छ ।

प्रतिक्रिया सबै