१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

 सोमवार, जेष्ठ २ २०७९  

भैरहवा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् ।
भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।

यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागतका छन् ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।

साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई स्वागत गरेका थिए ।

हेलिकप्टरबाट ओर्लिएपछि मोदीले एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए । यसपछि मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । भेटघाट, पुजाआजा र घुमफिर सकेर मोदी आजै फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया सबै