१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सुर्खेतमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारले बराबर मत पाएका छन् । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् ।

अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका हुन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टका अनुसार गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको छ ।

दुबै उम्मेदवारले आधा–आधा कार्यकाल गर्नुपर्ने बताउँदै आएका छन् । तर कानुनमा त्यस्तो व्यवस्था नभएकाले गोलाप्रथाबाट टुंगो लगाइने निर्वाचन अधिकृत भट्टले बताएका छन् ।

 

प्रतिक्रिया सबै