१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

खाँदबारीको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार कांग्रेसका महेश थपलिया र उपमेयरमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन् ।

थपलियाले ८ हजार ३४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गरे । बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याइन् । माओवादी केन्द्रका दिव्य बरालले ५ हजार १ सय ४७ मत ल्याएका छन् ।

थपलिया २०७४ सालको निवाृचनमा एमालेका मुरारीप्रसाद खतिवडासँग पराजित भएका थिए ।

 

प्रतिक्रिया सबै