८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसको अग्रता

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार तीर्थराज भट्टराईले ४४९८ मतका साथ अग्रता लिइरहेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार कुमारप्रसाद आचार्यले २७८० मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २१५ मतका साथ पछ्याईरहेका छन् ।

त्यस्तै उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विशन राईले ४१२१ मतका साथ अग्रता लिइरहेका छन् भनो नेकपा एमालेका उम्मेदवार विणादेवी राईले २८३१ मतका पछ्याईरहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चन्द्रकुमारी राईले अहिलेसम्म ७० प्राप्त गरेका छन् ।

प्रतिक्रिया सबै