११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

पोखरामा एकीकृत समाजवादीको फराकिलो अग्रता

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । पोखरा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले फराकिलो अग्रता लिएको छ । पोखरा महागनरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

उनले पछिल्लो मतपरिणाम अनुसार ५७४८ मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले हालसम्म ५०७८ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएको छ । मञ्जुदेवी गुरुङ एमालेबाट उपमेयरका उम्मेदवार हुन् । गुरुङले अहिलेसम्म ५५६४ मत पाएका छन् ।

गठबन्धनबाट उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको भने अग्रता यात्रा रोकिएको छ । निरन्तर अग्रता कायम गर्दै आएका रानाभाट पछिल्लो मतपरिणाम अनुसार पछि परेका छन् । उनले, ५४७४ मत पाएका छन् ।

प्रतिक्रिया सबै