११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

खोटाङको साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई विजयी

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राई निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्कालाई पछि पार्दै राई १ हजार ८५० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका खड्काले भने १ हजार ७७२ मत ल्याए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका बिर्सिका राई विजयी भएका छन् । बिर्सिकाले २ हजार १२ मत ल्याउँदा कांग्रेसकी सरिता खड्काले १ हजार २२४ मत पाएकी छन् ।

प्रतिक्रिया सबै