२१ बैशाख २०८१, शुक्रबार Friday 3 May, 2024

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौँ । स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले देशका केही स्थानमा सामान्य रहेको छ।

शुक्रबार बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ भने बाँकी केही प्रदेशमा आंशिक बदली देखिएको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रतिक्रिया सबै