१४ बैशाख २०८१, शुक्रबार Friday 26 April, 2024

काठमाडौं महानगर कार्यपालिका सदस्यहरूले लिए शपथ

 बुधबार, जेष्ठ २५ २०७९  

काठमाडौँ। काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

महानगरका प्रमुख बालेन्द्र साहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका हुन् । उनले बुधबार उनले राष्ट्रिय सभा गृहमा शपथ गराएका हुन् ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसँगै राजनीतिक दलका प्रतिनिधिको समेत उपस्थिति थियो ।

कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । उनीहरू जेठ २४ गते राष्ट्रिय सभा गृहमा भएको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ लिनुअघि निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया सबै