२३ बैशाख २०८१, आईतवार Sunday 5 May, 2024

गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं। ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।

उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया सबै