७ बैशाख २०८१, शुक्रबार Friday 19 April, 2024

मौसम : कुन प्रदेशमा मनसुनको प्रभाव कस्तो ?

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं। आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार प्रदेश १ का धेरै, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको आँकलन गरिएको छ भने बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा पनि वर्षा हुनेछ।

बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाका अनुसार हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रतिक्रिया सबै