१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

नाकामा रोकिएका पेट्रोलियम ट्याङकर आज नेपाल भित्रिदैं

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । तीन दिनदेखि सीमापारि रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङकर आज नेपाल आउने भएका छन् ।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात शनिबारदेखि रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याइएको पेट्रोलियम पदार्थ सीमामा रोकिएको नेपाल आयल निगमको बताएको छ ।

भारतीय भन्सारले नै सिस्टम अपडेट नगरिदिँदा शुक्रबारदेखि नेपालमा कुनै पनि पेट्रोलियम ट्याङकर आउन नसकेको र आज कार्यालय खुलेपछि केही समयमा आउने नेपाल आयल निगम भलबारी डिपोका प्रमुख नवविनोद पोखरेलले बताएका छन् ।

भैरहवा भन्सार हुँदै दैनिक ४०-५० वटा टयाङकर आउने गरेकोमा शनिबार र आइतबार कुनै पनि नआएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया सबै