९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

१५ सांसदले बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराए

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । प्रतिनिधिसभाका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएका हुन् । जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्ने स्थगनको प्रस्तावमा उल्लेख गरिएको छ ।

उक्त प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताएका छन् ।

प्रतिक्रिया सबै