८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर पहिलो हप्ता हुन्छ : प्रचण्ड

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् ।

बर्दियामा पत्रकारसँग दाहालले कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता निर्वाचन गर्ने भन्नेबारे छलफल भएको बताएका छन् ।

“चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा पनि छलफल चलिरहेको छ । स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सफल भयौं । प्रदेश र संघको एकैचोटी गर्न सहज हुन्छ कि हुँदैन भन्ने छलफल छ । सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा आएको छ । जे भए पनि मंसिरमा नै चुनाव हुन्छ,” उनले भने ।

 

प्रतिक्रिया सबै