latest version of zoom download join zoom meeting online free zoom us join meeting call in meeting - zoom us join meeting call in meeting download zoom call zoom join meeting using meeting id - zoom join meeting using meeting id
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

कछुवाको बच्चासहित दुई जना पक्राउ

 सोमवार, जेष्ठ ३० २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा (आखेटोपहार) सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरूसहित फेला पारी पक्राउ गरेको हो । साथै, उनीहरूले प्रयोग गरेको बा.९९ प.४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइलसमेत बरामद गरेको छ ।

प्रतिक्रिया सबै