आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयको सूचना
सोमवार, जेष्ठ ३० २०७९
![](https://skynepalnews.com/wp-content/uploads/2021/09/ministry-of-home-affairs.png)
काठमाडौँ । गृह मन्त्रालयले सातामा आइतबार पनि बिदा दिने निर्णय खारेज गरेको सूचना निकालेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिँइदै आएको दुई दिने साप्ताहिक बिदा खारेज गर्ने जनाएको हो ।
यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले आइतबार विदा खारेज गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यसअनुसार अब असार १ गतेदेखि कार्त्तिक क १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म एवम् कार्त्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय १० बजेदेखि ४ बजेसम्म कायम गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार भने कार्यालयहरु बिहानको १० बजेदेखि अपरान्हको ३ बजेसम्म खुला रहनेछन् ।
प्रतिक्रिया
सबै