११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

एकैदिन सुनको मूल्य १,८०० ले घट्यो

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर तोलाको ९७ हजार १०० रुपैयाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर तोलाको एक हजार २४५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया सबै