९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सैनिक पोशकामा हतियारसहित एक जना पक्राउ

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा सैनिक पोशाक लगाएका एक व्यक्ति हतियारसहित पक्राउ परेका छन् ।

अर्जुनवाण गण र निकुञ्ज कार्यालयबाट बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा कोहलपुर नगरपालिका-१३ सिम्रीका ५४ बर्षका बल बहादुर पल्ली मगर फत्राउ परेका हुन् ।

उनलाई सोधपुछ गर्ने क्रममा उक्त टोलीले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रबाट रुखको टोट्कामा लुकाई राखेको भरुवा बन्दुकसहित फेला पारेको प्रहरीले जनाएको छ ।

निजबाट बरामद गरिएको हतियारसहित कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया सबै