zoom cloud meeting app download for windows10 zoom install for windows 10 laptop join a zoom meeting by meeting number win10 app zoom in zoom cloud meeting download free
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

कुमारी बैंक र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच सम्झौता

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्रार्चाय ज्यू तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्का ज्यूले हस्ताक्षर गरेका छन् ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्य नजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको छ । बैंकका डेबिट/क्रेडिट कार्ड वाहेकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा ३०% र खानपानमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया सबै