एमालेले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने
मङ्लबार, जेष्ठ ३१ २०७९
![](https://skynepalnews.com/wp-content/uploads/2022/06/umllll-768x576.jpg)
काठमाडौँ। नेकपा (एमाले) ले सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय अनुशासन आयोगको बैठकले अनुशासनबारे सातै वटा प्रदेशमा प्रशिक्षण गर्ने निर्णय गरेको हो ।
पार्टी भित्र देखापरेको अनुशासनहिनतालाई परास्त गर्ने उद्देश्यले साउन महिनाको दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो ।
बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता र अनुशासन विपरीत कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया
सबै