१३ बैशाख २०८१, बिहीबार Thursday 25 April, 2024

मनोज पाण्डेविरुद्ध अदालतमा दुईवटा मुद्दा दर्ता, १८ वर्ष जेल सजायको माग

 बुधबार, असार १ २०७९  

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ ।

आज सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो । पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मानव बेचबिखन मुद्दामा १० देखी १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न मागदाबी गरेको जिल्ला कार्यालयले बताएको छ  ।

पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप छ । उनले जेठ पहिलो साता सामाजिक सञ्जालमार्फत आफूमाथि भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । बलात्कारसम्बन्धी हदम्याद नाघेकाले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरिएको हो ।

बिहीबार अदालतमा बयान पछि पाण्डेको मुद्दामा थुनछेक हुने छ ।

प्रतिक्रिया सबै