११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

यी नदी तथा खोलामा आज बहाव बढ्ने

 बिहिबार, असार २ २०७९  

काठमाडौं । देशका विभिन्न भागमा हुने वर्षाका कारण केही नदी तथा खोलामा बहाव बढ्ने भएको छ । मोरङ, झापा, पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, उदयपुर, संखुवासभा र ताप्लेजुङ भएर बहने नदी तथा खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिरहा, सप्तरी, धनुषा, दोलाखा, सिन्धुपाल्चोक, धादिङ, चितवन, गोरखा र मकवानपुर आसपास भएर बहने खोला तथा नदीमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

लमजुङ, तनहुँ, नवलपरासीका नदी तथा खोलामा बहाव बढ्ने भन्दै विभागले सतर्क रहन भनेको छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तलै हुने रहनेछ ।

प्रतिक्रिया सबै