१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

असार १० गतेदेखि सानिमा बैंकले ऋणपत्र निष्काशन गर्ने

 बिहिबार, असार २ २०७९  

काठमाडौं । सानिमा बैंक लिमिटेडले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले असार १० गतेदेखि ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ । सो ऋणपत्रको अवधि १० वर्ष सममको रहने छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । सो मध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया सबै