२० मंसिर २०८०, बुधबार Wednesday 6 December, 2023

यस्तो देखियो सेनाको ‘अभ्यास हातेमालो ४’ (फोटो फिचर)

 बिहिबार, असार २ २०७९  

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम ‘अभ्यास हातेमालो ४’ सम्पन्न भएको छ । कार्यक्रम थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यले नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेनाले सञ्चालन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित अभ्यासरगतिविधि उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरेका छन् ।

 

उनले प्राकृतिक प्रकोपमा व्यवस्थापकीय चुनौतीका साथै सुरक्षा चुनौती समेत थपिने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने उल्लेख गरे । कार्यक्रम हिजो र आज भएको हो ।

 

प्रतिक्रिया सबै