सार्वजनिक गर्यो फिफाले २०२६ विश्वकप

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको टुंगो लगाएको छ ।
१६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा गरेका छन् । २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् ।
अमेरिकाको ११ सहरमा विश्वकप आयोजना हुनेछ भने मेक्सिकोको तीन र क्यानडाको दुई सहरले विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन् ।
१९९४ विश्वकपमा छुटेका अमेरिकाको सहरहरू एटलान्टा, ह्युस्टन, मायामी, फिलाडेल्फिए, सियाटल र कान्सस सिटीले यसपटक विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन् । त्यस्तै १९९४ को विश्वकप आयोजना गरेका बाल्टिमोर, सिनसिनाटी, डेनभर, न्यासभिल, टेनेसी र फ्लोरिडाको ओर्लान्डो भने यसपटक जिम्मेवारी पाएका छैनन् ।
मेक्सिको सिटीको एज्टाका रंगशाला तीनपटक विश्वकप आयोजना गर्ने पहिलो रंगशाला बन्ने भएको छ । यस रंगशालामा १९७० र १९८६ विश्वकपको फाइनल खेल आयोजना गरिएको थियो । यससँगै मेक्सिकोको ग्वेडेलाजारा र मोन्टेरी सहरले पनि विश्वकप आयोजनाको जिम्मेवारी पाएको छ ।
२०२६ को विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । अहिलेसम्म ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गरेका थिए ।