रेखा थापाको सात तस्बिर

काठमाडौं । रेखा थापा कुनै बेला चलचित्र क्षेत्रमा हट, बोल्ड नायिकाको रुपमा चिनिएका थिए । उनले अभिनय गरेको थुप्रै चलचित्रहरु हिट छन् । त्यसबेला चलचित्र क्षेत्रमा रेखाको नाम पहिलो नम्बरमा आउने गर्थ्यो । चलचित्र क्षेत्रमा काम गर्दै गर्दा रेखाले निर्देशक छविराज ओझासँग बिहे गरेकी थिइन् । तर, रेखा र छविको सम्बन्ध डिभोर्समा टुँगियो । छविसँगको डिभोर्सपछि रेखा एक्लै थिइन् ।
विस्तारै रेखा चलचित्र क्षेत्रमा कम राजनितिमा बढी व्यस्त देखिन थालेकी छन् । उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध छन् । रेखाले केहि महिनाअघि मात्रै आफना प्रेमी बलराम शाही ठकुरीसँग अदालत पुगेर सुटुक्क विवाह पनि गरेकी सकेकी छन् । भव्य समारोह र तामझाममा विश्वास नलाग्ने बताउँदै रेखाले सामान्य तरिकाले विवाह सम्पन्न गरेकी हुन् । रेखा अब प्रतिनिधि सभाको निर्वाचनमा पनि उठ्ने हल्ला छ ।