८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एउटै सेयर २ जनालाई बेचेर करोड ठगी !

 शनिबार, असार ४ २०७९  

काठमाडौं । एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई पक्राउ परेका छन् । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका पूर्वसञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका–३२स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन्् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

व्यवसायी तामाङबाट साढे तीन करोड लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको खुलेको प्रहरीको भनाई छ । सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेका अवस्थामा पटक–पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।

उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्याद समेत थपिएको छ । यसअघि पटक–पटक विभिन्न मुद्दामा पक्राउ परेर पनि छुट्दै आएका अधिकारी यस पटक पनि आफूलाई ठगेर उम्किन्छन् कि भन्ने आशंका रहेको व्यवसायी तामाङको भनाई छ ।

 

प्रतिक्रिया सबै