१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको दोस्रो जित

 शनिबार, असार ४ २०७९  

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दिएको छ ।

कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बनाए । नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १-१ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले ६० रनको साझेदारी गरे । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

त्यस्तै ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोडे । बलिङतर्फ कुवेतका लागि मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।

 

प्रतिक्रिया सबै