४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

एसपीपीविरुद्ध एकीकृत समाजवादी युवा संघद्वारा विरोध प्रदर्शन

 शनिबार, असार ४ २०७९  

काठमाडौं । ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)बारे स्पष्ट पार्न माग गर्दै सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संघले एसपीपी राष्ट्रको हितविपरीत रहेको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेको हो ।

काठमाडौंको माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’लगायतका प्लेकार्ड बोकेका थिए ।

एसपीपीको विषयमा विभिन्न व्यक्ति र संस्था जोडिएको र थप अन्योल सिर्जना भएकाले यस विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने उनीहरुको माग रहेको छ ।

प्रतिक्रिया सबै