४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

महिला संगठनहरुद्वारा मिस नेपाल प्रतियोगिता खारेज माग गर्दै विरोध प्रदर्शन

 शनिबार, असार ४ २०७९  

काठमाडौं । मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै सात महिला संघसंगठनले विरोध प्रदर्शन गरेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले उक्त विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र बाहिर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया सबै