११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

संसदीय समिति छलेर सत्ता गठबन्धनको बैठकमा देउवा

 आइतवार, असार ५ २०७९  

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजक सूर्य किरणले बालुवाटारमा गठबन्धनको बैठक शुरु भएको बताएका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालपनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकबाट निस्केर गठबन्धनको बैठकमा पुगेका छन् ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाए पनि उनी त्यहाँ भने गएनन् ।

यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद बंक गरेका थिए ।

प्रतिक्रिया सबै