८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एसपीपीलाई जीतहारको विषय नबनाऔं, तथ्यको खोजी गरौं : ईश्वर पोखरेल

 आइतवार, असार ५ २०७९  

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई राजनीतिक शक्तिबीच जीतहारको विषय बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस विषयलाई जीतहारको विषय बनाउनुभन्दा पनि तथ्यको खोजी गर्दै यसमा सामेल नहुने कुरा अमेरिकालाई भन्दिँदा सकिने बताएका छन् ।

‘कसैको जीतहारको विषय बनाउनु हुँदैन । हामी विगतमा कस्तो—कस्तो अवस्थाबाट गुज्रियो भन्ने विषय सम्झिए पुग्छ । कसैले कुन तारिख सम्झना गर्नुपर्ने छैन’, उनले भने,

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको अघिल्लो बैठककै एजेण्डाअनुसार सरकारले अब एसपीपी अगाडि नबढाउने भनेर अमेरिकालाई प्रस्ट भन्नुपर्ने उनले बताए । उनले भने, ‘अब एसपीपीमा अगाडि बढ्दैनौं भन्नुपर्छ सरकारले सिद्धियो । हाम्रो साझा बुझाइ हो ।’

यस्तै हालसम्म भएका जति पनि पत्राचार छन्, त्यसलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पठाउन दिएको निर्देशन सरकारले पालन गर्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया सबै