११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्दै

 सोमवार, असार ६ २०७९  

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपमा बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी छन् । वर्षाले प्रभावित भएको खेल सात ओभरमा छुट्याइएको छ ।

दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा छ । समान ४ अंक जोडेको हङकङ दोस्रो स्थानमा छ । नेपालले यसअघि भुटानलाई ५० र कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया सबै