८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

यस्तो देखियो सुनिसाको मेहेन्दी-ब्याचलर पार्टी

 सोमवार, असार ६ २०७९  

काठमाडौं । कलेज नेपाल सिरिजकी मुख्य पात्र रहेर चिनिँदै आएकी सुनिसा बजगाईं असार ७ गते मंगलबार विवाह बन्धनमा बाधिँदै छन् ।

बजगाईंले चर्चित हास्य टेलिश्रृंखला ‘तीतो सत्य’ बाट बाल कलाकारका रुपमा ख्याति कमाएका राज आचार्यसँग लगनगाँठो कस्न लागेकी हुन् ।

राज र सुनिसा केही वर्षदेखि प्रेममा थिए । आफूहरुले विवाह गर्न लागेको खबर उनीहरुले आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा साझा गरेका छन् ।

चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ र थुप्रै हिट म्युजिक भिडियोमा काम गरेकी बजगाईं केही समयअघि आफ्नो ब्याचलर पार्टीमा व्यस्त थिइन् । विवाहको दिन नजिकिएसँगै उनले आफ्नो मेहेन्दीको तस्वीर पनि सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया सबै