८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

खोलाले टेम्पो बगाउँदा एक जनाको मृत्यु

 सोमवार, असार ६ २०७९  

काठमाडौं । टेम्पोलाई खोलाले बगाउँदा सुनसरी बराहक्षेत्र नगरपालिका-१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राईको मृत्यु भएको छ ।

टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चतरा र सशस्त्र वेश क्याम्प संयुक्त रुपमा खटिएको टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ सय मिटर तल शव भेटाएको हो ।

घाइतेअटोमा सवार रसुवा गोसाइकुण्ड गाउँलिका-६ धुन्चे बस्ने १८ वर्षीया आनिया तामाङको चतरा अस्पतालमा सामान्य उपचार पश्चात डिश्चार्ज भएकी छन् ।

टेम्पो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै