८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

यी चार प्रदेशमा मनसुनी वायुको प्रभाव

 मङ्लबार, असार ७ २०७९  

काठमाडौँ । नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । बिहान प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।फाइल फोटो

प्रतिक्रिया सबै