१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एन्फा अध्यक्ष नेम्वाङ आज शपथ लिदैं

 बुधबार, असार ८ २०७९  

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदै छन् ।

शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् ।

गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी विजयी भएका थिए । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ ।

 

प्रतिक्रिया सबै