११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनेबारे सत्तारुढ दलबीच छलफल

 बुधबार, असार ८ २०७९  

काठमाडौं । मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेबारे सत्ता साझेदार दलहरुबीच छलफल भएको छ । बालुवाटारमा बुधबार बसेको शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बारे छलफल भएको हो ।

बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेबारे छलफल केन्द्रित रहेको बताए । ‘शान्ति प्रक्रियालाई चाँडै नै टुंग्याउने विषयमा छलफल भएको छ । शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्‍याउनेबारे छलफल केन्द्रित रह्यो’, प्रवक्ता कार्कीले भने।

बैठकमा कानुनमन्त्री गोविन्द कोइरालाले शान्ति प्रक्रियाका बारेमा अहिलेसम्म भएको प्रैगति विवरण पेस गरेका थिए । प्रवक्ता कार्कीले भने, ‘कानुनमन्त्रीले शान्ति प्रक्रियाबारे अहिलेसम्म भएको प्रगतिको विवरणको प्रतिवेदन समीक्षाका साथ प्रस्तुत गर्नुभयो ।’

यो पनि

नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय

प्रतिक्रिया सबै